दफा १६
प्रतिलिपि सम्बन्धी व्यवस्था
(१) यस ऐन बमोजिम लिएको परिचयपत्र हराएमा, नासिएमा, काम नलाग्ने भएमा, परिचयपत्रको दृश्य भागमा रहेको विवरण परिवर्तन गर्नु पर्ने भएमा वा अन्य कारणबाट परिचयपत्रको प्रयोग हुन नसक्ने अवस्थामा सोको प्रतिलिपि लिन सम्बन्धित व्यक्तिले तोकिएको ढाँचामा स्थानीय अधिकारी समक्ष निवेदन दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम निवेदन परेमा र सो सम्बन्धमा छानबिन गर्दा व्यहोरा साँचो ठहरिएमा स्थानीय अधिकारीले सिफारिस सहित विभागमा पठाउनु पर्नेछ र विभागले सोको अभिलेख जनाई तोकिए बमोजिमको दस्तुर लिई निजलाई परिचयपत्रको प्रतिलिपि प्रदान गर्नेछ।
(३) परिचयपत्रको प्रतिलिपि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।